०४ साउन २०८३, सोमबार
एसीसी इमर्जिङ एसिया कप

नेपालले दियो पाकिस्तान 'ए' लाई १८० रनको लक्ष्य, सोमपालको सानदार ब्याटिङ

असार २९, २०८०
काठमाडौं
नेपालले दियो पाकिस्तान 'ए' लाई १८० रनको लक्ष्य, सोमपालको सानदार ब्याटिङ

एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तान 'ए' लाई १८० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रन बनाउँदै अल आउट भएको हो । 

पाकिस्तानी बलरसामु नेपाली ब्याट्स्मेन निरीहजस्तै देखिए । 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बलमा  ९ चौका र एक छक्का प्रहार गर्दै ७५ रन बनाएका हुन् । 

सोमपालपछि प्रतिश जीसी २६ रन बनाएर आउट भए । उनले २४ बलमा दुई छक्का र एक चौकाको मद्दतमा २६ रन बनाए ।

त्यस्तै नेपालका अर्जुन साउद र कुशल मल्ल समान १७ रनको योगदान गरे ।  गुल्सन झा १३, आशिफ शेख १२, रोहित पौडेल ४, कुशल भुर्तेल र पवन शर्राफ समान १ रन बनाउँदा भीम सार्की शून्य रनमा आउट भए ।

पाकिस्तानका २२ वर्षीया अलराउन्डर मोहम्मद वासिमले ४ र बलर शहनवाज दहनीले ५ विकेट लिए । 

नेपाल भारत ए, पाकिस्तान ए र यूएई ए रहेको समूहमा छ ।

भारत-पाकिस्तान लगायत टेस्ट राष्ट्रले राष्ट्रिय टिममा स्थान बनाउन नसकेका वैकल्पिक खेलाडी समेटेर 'ए' टिम प्रतियोगितामा सहभागी गराएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्