×

NIC ASIA

बाढीपहिरो असर : हेवा खोलामा बेलिब्रिज नबन्दा ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

ताप्लेजुङ | असार २९, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । ​

Muktinath Bank

बाढीपहिरोले हेवा खोलाको मोटरेबल पुल बगाएपछि आपूर्तिमा भएको कठिनाइले ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यासको अभाव सिर्जना भएको हो ।


Advertisment
Nabil box
Kumari

हाल ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि सदरमुकाम फुङ्लिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ ।

Vianet communication

ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङ्लिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार तथा भाडावाल प्रभावित भएका छन् । पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएकाहरु प्रभावित बनेका हुन् ।

ग्यास पाउन छाडेपछि खाना पकाउनका लागि विकल्पमा दाउरा बाल्न थालिएको छ । चुल्हो र आगो बाल्ने ठाउँ भएका परिवारले ग्यासको सट्टामा दाउरा तथा कोइले चुल्हो प्रयोग गरे पनि भाडावालका लागि त्यो असम्भव भएको छ ।

सबैतिर दाउरा बाल्ने ठाउँ पनि नहुने हुँदा भाडावाल नै बढी प्रभावित बनेका हुन् । ग्यासको अभावका कारण कष्टपूर्ण दैनिकी बिताउँदै आएको भाडावाल वसन्त लिम्बूले बताए ।

ग्यासको अभावमा फुङ्लिङ बजारका होटल व्यवसायी पनि प्रभावित बनेका छन् । ग्यास पाउन छाडेपछि बजारका कतिपय होटलले आफ्नो सेवा प्रवाह नै बन्द गरेका छन् । 

होटल व्यवसायलाई निरन्तरता दिँदै आएका व्यवसायीले भने हेवा खोलामा रहेको झोलुङ्गे पुल र बाढीले मोटरेबल पुल बगाएपछि सुरु गरिएको अस्थायी तुइन (घिर्नी)मार्फत पाँचथरको फिदिमबाट ग्यास आपूर्ति गर्दै आएका बताइएको छ ।   

मेची राजमार्ग अवरुद्ध बनेसँगै यहाँबाट खाली सिलिन्डर पठाउन र उताबाट आयात गर्न असम्भव भएपछि ग्याससहित पेट्रोलियम पदार्थको सबैभन्दा बढी अभाव भएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए । 

अध्यक्ष थापाका अनुसार राजमार्ग अवरुद्ध भएयता हेवा खोलामा डाइभर्सनमार्फत सडक खुलेको मौकामा चार सय ७० जति ग्यास सिलिन्डर भित्रिए पनि त्यो पर्याप्त भएको छैन । ग्यास आपूर्ति गर्न राजमार्ग नखुलेसम्म कुनै विकल्प नरहेको उनले बताए ।

उनले खाद्यान्न लगायतका सामग्रीका लागि भने सामान्य अवस्था रहेको बताए । डाइभर्सनमार्फत नै बीचमा केही खाद्यान्न सामग्री आयात गर्न सम्भव भएपछि ग्यासजस्तो चरम अभावको स्थिति नरहेको उनको भनाइ छ ।

हाल हेवा खोलाको निर्माणाधीन अवस्थामा रहेको बेलिब्रिजको काम सम्पन्न भएर राजमार्ग खुल्ने बित्तिकै ग्यासलगायत सबै वस्तु आपूर्ति हुने र अभावको अन्त्य हुने थापाले बताए ।

हेवा खोलाको मोटरेबल पुल र सोही खोलामा रहेको तमोर करिडोरको पुल बाढीले बगाएपछि पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकासहित सिङ्गो ताप्लेजुङ जिल्ला प्रभावित बनेको हो ।

मेची राजमार्ग खुलाउन शुरु गरिएको बेलिब्रिजको काम झन्डै महिना दिन बित्न लाग्दासमेत सम्पन्न नहुँदा यातायात सुविधाका कारण सङ्कटपूर्ण स्थिति सिर्जना भएको बताइएको छ । 

हेवा खोलामा ह्युम पाइप लगाएर डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि पानीको बहाव र बाढीको क्रम नरोकिएपछि सडक खुलाएको केही घण्टामै अवरुद्ध हुने गरेको छ । ग्यास, खाद्यान्नलगायत आवश्यक उपभोग्य वस्तु झापाको बिर्तामोड हुँदै आपूर्ति गर्ने गरिन्छ ।

त्यस्तै राजमार्ग अवरुद्धका कारण यहाँबाट निर्यातजन्य वस्तु पनि निर्यात भएका छैनन् । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा यातायात सञ्चालन गर्नसमेत समस्या भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x