०६ साउन २०८३, बुधबार

पाकिस्तान ‘ए’सँग नेपाल ४ विकेटले पराजित

असार २९, २०८०
काठमाडौं
पाकिस्तान ‘ए’सँग नेपाल ४ विकेटले पराजित

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा पाकिस्तान एले नेपालमाथि चार विकेटको जित निकालेको हो । 

नेपालले दिएको १८० रनको पाकिस्तान ‘ए’ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि तैयव ताहिरले ५१ रनको अर्धशतकीय ईनिङ खेले । कमरान गुलामले २६ बल बनाए । 

नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । 

 यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रनमै अलआउट भउको थियो । नेपालको तर्फबाट सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । 

salt training

कमेन्ट गर्नुहोस्