०२ साउन २०८३, शनिबार

बास्केटबल संघ उदयपुरको अध्यक्षमा खड्का

असार ३०, २०८०
उदयपुर
बास्केटबल संघ उदयपुरको अध्यक्षमा खड्का

नेपाल बास्केटबल संघ उदयपुरको जिल्ला अध्यक्षमा विवेक खड्का चयन भएका छन् ।

कटारी–४ का खड्कालाई बास्केटबल संघ केन्द्रीय कार्यालयले उदयपुर अध्यक्षमा नियुक्त गरेको हो । 

लामो समयदेखि खेलकुदमा सक्रिय खड्का गृहजिल्ला उदयपुरमा बास्केटबलको क्षेत्रमा लोकप्रिय खेलाडीको रूपमा स्थापित छन् ।

जिल्ला अध्यक्षमा नियुक्त भएसँगै बास्केटबल खेलप्रति आकर्षण बढाउने योजनासहित अगाडि बढ्ने उनले बताए । उनले खेलाडीहरूले झेल्दै आएका भौतिक पूर्वाधारका समस्यादेखि प्रशिक्षण तथा प्रतिस्पर्धाका लागि राम्रो वातावरण निर्माण गर्न जुट्ने बताएका छन् ।

समितिको उपाध्यक्षमा नवीन कटवाल, सचिवमा रामकुमार कार्की, कोषाध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा दिपेश खत्री, चेतन पोखरेल, सुदिप खड्का, सुदिप राई र लक्ष्मीकुमार विष्ट रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्