०६ असार २०८३, शनिबार

जापानको कमाइ बाख्रापालनमा लगानी

असार ३०, २०८०
बाग्लुङ
जापानको कमाइ बाख्रापालनमा लगानी
प्रतिकात्मक तस्वीर

बागलुङको गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन् । ११ वर्षअघि विद्यार्थी भिसामा जापान पुगेका रमेश बस्नेत ८ वर्ष जापानमा बसे ।

कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन् ।

कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झिँदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गरे । बस्नेतले ८ वर्षको जापान बसाइ टुंग्याएर गलकोट नगरपालिका–९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन् ।

बस्नेतले गल्याङमा झण्डै ३ रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै आएका हुन् । उनले बाख्रापालनमा आधुनिक प्रविधिको प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापनबाट बाख्रापालन गर्दै आएको बताए ।

बाख्रापालनका लागि विदेशबाट आयातित घाँस खेती समेत गर्दै आएको बस्नेतको भनाइ छ । बागलुङको गलकोटका युवा अधिकांश जापान जाने गर्दछन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँ समेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ ३ वर्षदेखि बाख्रापालन थालेका छन् ।

उनको बाख्रापालनमा झण्डै ४० लाख लगानी भइसकेको छ । ‘वैदेशिक रोजगारीका लागि ८ वर्ष जापान बसे, विद्यार्थी भिसामा जापान पुगियो, कोरोना कहरको समयमा नेपालमा आएको थिए, फर्कन मन लागेन,’ बस्नेतले भने, ‘जापानमा दुःख गरेको कमाइलाई व्यावसायिक काममा लगानी गर्ने सोच आयो, बाख्रापालनमा आफ्नो भविष्य देखे, अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी रहेका छन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्