×

NMB BANK
NIC ASIA

सामूहिक खेती

बम–बारुद त्यागेर विप्लवको ‘कृषि क्रान्ति’ : उत्पादनसँग जोडिँदै नेता-कार्यकर्ता

विराटनगर | असार ३०, २०८०

NTC
Premier Steels

तत्कालीन सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि दुई वर्ष मुलुक अघोषित द्वन्द्वमा फसेको थियो । सरकारी प्रतिबन्धताका दुवै पक्षले एक अर्कालाई चुनौती दिँदै आएका थिए । विशेषगरी विप्लव नेकपाले शृंखलाबद्ध बम बिस्फोट गरेर सरकारलाई चुनौती दिँदै आएको थियो ।

Muktinath Bank

तर, पछिल्लो समय नेकपाले शान्तिपूर्ण राजनीति थालेको छ । तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आएसँगै उसका गतिविधि फेरिएका छन् । ‘एकीकृत क्रान्ति’को नारा बोकेर हिँडेको नेकपा यतिबेला संगठन विस्तारलाई उत्पादनसँग जोड्न थालेको छ । बाँझो रहेका खेतबारीहरू हरियाली बनाउँदै संगठन विस्तार गर्ने योजनामा नेकपा छ । पार्टीले झापा, ईलाम, पाँचथर लगायतका जिल्लामा सामूहिक खेती गरिरहेको छ । जग्गा लिजमा लिएर नेकपाले खेती गरिरहेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका सदस्यलाई उत्पादनसँग जोड्न सामूहिक खेती गरिरहेको नेकपाका मेची इन्चार्ज सुमन सिंहले बताए । 


Advertisment
Nabil box
Kumari

बसाइँसराइँले पहाडका जिल्लाका खेतबारी बाँझै छन् भने तराईमा प्लटिङले खेती मासिँदैछ । खेतबारी बाँझै राखेर किनेर खाने जमात बढिरहेका बेला विप्लवका कार्यकर्ता सामूहिक खेतीमा जुटेका छन् । 

Vianet communication

झापाको गौरीगञ्जमा २ बिघा जग्गा भाडामा लिएर सामूहिक धानखेती शुरू गरिएको छ भने दमकमा १ बिघा जग्गा लिजमा लिएर खेती गरिएको छ । कन्काई नगरपालिका, शिवसताक्षी नगरपालिकामा कागती खेती, बाख्रापालन पनि गरिरहेका छन् ।

ईलाममा ३ हजारभन्दा बढी चियाका बिरुवा नेकपाका कार्यकर्ताले रोपेका छन् भने पाँचथरमा अम्लिसो, अदुवा लगायतका खेती पनि गरिरहेका छन् ।   

पछिल्लो समय हरेक क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने आवाजहरू उठिरहेका छन् । अनिवार्य श्रम र उत्पादनमा जोडेर केही बाँझो भूमिलाई हरियाली बनाउनुपर्छ भन्ने योजना रहेको इन्चार्ज सुमन सिंहले बताए । 

null‘पार्टीका सदस्यलाई उत्पादनमा जोड्नका लागि हामीले कृषि क्रान्तिको योजना बनाएका हौं,’ उनले भने, ‘आत्मनिर्भर नबन्दा अर्बाैं रुपैयाँ विदेशमा गएको छ । नेपालमा उत्पादन नहुने वस्तु मात्रै आयात गरियोस् भन्ने पार्टीको योजना छ ।’

आउँदो वर्षसम्ममा मेचीका सबै पालिकामा सामूहिक खेती गर्ने योजना रहेको उनले सुनाए । समय बनाएर आलोपालो गरेर संगठित सदस्य र पार्टीका शुभचिन्तकहरूबाट खेती गरिने उनले बताए ।

नेपालमा कम्युनिस्ट पार्टीले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउनुपर्छ भन्ने पार्टीको योजना रहेकाले श्रम र उत्पादनसँग जोडिनुपर्छ भनेर अभियान सञ्चालन गरेको नेताहरू बताउँछन् । उत्पादन र श्रममा जोडिने बेलामा को नेता को कार्यकर्ता भन्ने नहुने भएकाले नेपालमा कम्युनिस्ट पार्टीमा बस्ने नेतादेखि कार्यकर्तासम्म उत्पादनमा जोडिएका छन् भन्ने देखाउने सुमन सिंहले बताए । उत्पादनसँग जोडिएपछि पार्टीमा लागेका कोही पनि भोकै बस्न नपर्ने दाबी नेताहरूले गरेका छन् ।

कृषिबाट उत्पादित वस्तुले पार्टीलाई चलायमान बनाउने योजना नेकपाको छ । नेकपाले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिनका लागि भूगोलबाट बिदा दिएर पठाएको छ । नेकपाका नेता, कार्यकर्ता २० दिनसम्म उत्पादनका कामसँग जोडिने छन् ।

‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता’ नारा लिएर नेतादेखि कार्यकर्तासम्म यतिबेला खेतबारीमा छन् । 

nullकृषिभित्र देखिएको बेथिति हटाउने नेकपाको लक्ष्य छ । अनुदानमुखी कृषिभन्दा पनि प्रविधिमैत्री कृषि र उत्पादित वस्तुको बजारीकरण पहिलो प्राथमिकता हुने  नेकपाका नेताहरूको दाबी छ । 

‘दुःख गरेर उत्पादन गरिएको कृषि उत्पादनले बजार र मूल्य नपाउँदा किसान सधैं पीडामा रहेको देखेका र हामीले पनि भोगेका छौं,’ इन्चार्ज सिंहले भने, ‘अबको पहिलो हाम्रो क्रान्ति भनेको बजारीकरण नै हो ।’ उत्पादन प्रणालीमा सबैलाई आबद्ध गर्ने र श्रमको सम्मान गर्ने सिंहले बताए ।

उत्पादित वस्तुले लागत मूल्य पनि नपाउने र कतिपय उत्पादन बिक्री नभई खेर जाने अवस्थाको अन्त्य गर्ने भन्दै बम–बारुद र हत्याहिंसा त्यागेर खेतीपातीमा लागेको नेकपाको कृषि क्रान्तिको योजनाले कति सफलता पाउँछ ? त्यो बाँकी छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x