काठमाडौं, २४ मंसिर — अमेरिकाले नेतृत्व गरेको गठबन्धनले आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको युद्धका क्रममा ५० हजार आइएस लडाकु मारेको घोषणा गरिएको छ ।
अमेरिकी सेनाका एक उच्च अधिकारीले यो संख्याको खुलासा गरेका हुन् ।

स्थानीय लडाकुहरूलाई अमेरिकाले सहायता पु-याएसँगै यत्तिका आइएस लडाकु मारिएका उनले बताए ।
तर आइएसले नयाँ नयाँ लडाकुहरू ल्याउनसक्ने उनी बताउँछन् ।
मोसुल लगायतका ठाउँमा हवाई आक्रमण बढाउनुपर्ने उनले बताए । यो शहरलाई आइएसको कब्जाबाट मुक्त गर्न इराकी सैनिकहरू लागिपरेका छन् ।
अहिलेको अभियानले आइएसलाई क्षति पु-याउन थालेको उनले बताए ।
‘म मृत्युको संख्या गन्ने पक्षमा छैन तर त्यत्तिका धेरै लडाकु मारिनुले शत्रुमाथि गहिरो असर परेको साबित हुन्छ,’ उनले भने ।
अमेरिकाले कति संख्यमा शत्रु मरे भनी प्रायः बताउँदैन ।
जे होस्, सन् २०१४ मा उत्कर्षमा पुगेको आइएसलाई अहिले चौतर्फी आक्रमण भएसँगै उसको स्थिति कमजोर भएको छ ।
अहिले यो समूह मोसुल र रक्कामा सीमित छ । सुन्नी अरबहरू बाक्लो भएको पूर्वी सिरिया र पश्चिमी इराकमा मात्र आइएस खुम्चिन पुगेको छ ।
बीबीसी