
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा श्रीलंका 'ए' अफगानिस्तान 'ए' सामु दबाबमा देखिएको छ । अफगानिस्तानविरुद्ध २५३ रनको लक्ष्य पछ्याइरहेको श्रीलंकाले १८ ओभरमा ११२ रन बनाउँदा महत्वपूर्ण ७ विकेट गुमाइसकेको छ ।
श्रीलंकालाई ध्वस्त बनाउने क्रममा मोहम्मद इब्राहिमले ४ विकेट लिइसकेका छन् । जितसम्म पुग्न श्रीलंकालाई अझै १४० रन बनाउनुपर्नेछ ।
श्रीलंका र अफगानिस्तानबीचको खेल खेलाउन नेपाली अम्पायर बुद्धिबहादुर प्रधान पनि सहभागी छन् ।
पहिलो खेलमा भने श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो ।
आजै भएको समूह ए को अर्को खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले पराजित गरेको छ ।