०१ असार २०८३, सोमबार
धार्मिक क्षेत्रमा अनियमितता

सिद्धबाबा धामको आम्दानीमा अनियमितता : दाताले दिएको आधा बढी रकममा गडबडी !

असार ३०, २०८०
बुटवल
सिद्धबाबा धामको आम्दानीमा अनियमितता : दाताले दिएको आधा बढी रकममा गडबडी !

सिद्धबाबा  धाममा दान कर्ताले दिएको रुपैयाँ हिनामिना हुने गरेको तथ्य बाहिरिएको छ । बुटवलस्थित सिद्धबाबा धाम विकास समितिमा दाताहरूले सेवा शुल्क वापत् दिएको रकम हिनामिना हुने गरेको पाइएको हो । 

दान कर्तालाई एउटा रसिद दिएर छायाँ प्रतिमा आधा घटाएर रकम लेख्ने गरेको सार्वजनिक भएको छ । सार्वजनिक नगदी रसिदमा दान कर्तालाई दिइएको रसिदको रकमभन्दा आधा घटाएर छायाँ प्रतिमामा लेखिएको पाइएको हो । तल्लो शिद्ध बाबाको नामले परिचित धाममा विवाह, व्रतबन्धजस्ता विभिन्न धार्मिक कार्यमा सेवा शुल्क भन्दै निश्चित रकम उठाउने गरिन्छ । 

धाममा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले वास्तविक लेखेर पठाउन पत्राचार गरेको थियो । समितिले दातालाई दिएको पहिलो रसिद र त्यसैको छायाँ प्रतिमा फरक–फरक रकम लेखिएको भेटिएपछि दाताले दिएको रकममा अनियमितता हुने गरेको घटना सार्वजनिक भएको हो । 

रसिदमा दाताबाट १ हजार ५ र १ हजार १०५ रकम लिएको उल्लेख गरिएको छ भने, तिनै रसिदका छायाँ प्रतिमा भने ५०५ रुपैयाँ लेखिएको छ ।

वि.स.२०७९ साल असार २२ गते सैनामैना–४ रूपन्देहीका कुमार कार्कीले बहिनीको विवाह गरेबापत् धाम विकास समितिलाई रसिद काटेर १ हजार १ सय ५ रुपैयाँ बुझाएका थिए । 

null

१६८१३ नं. को उक्त रसिदमा रकम बुझाउने व्यक्तिको नाम, ठेगाना हस्ताक्षर समेत गरिएको छ । तर, सोही नं. को रसिदको छायाँ प्रतिमा भने रकम बुझाउने व्यक्तिको नाम, ठेगाना र हस्ताक्षर एउटै रहे पनि रकम भने आधाभन्दा बढी कमगरी ५०५ रुपैयाँ मात्रै छ । 

गत मंसिर २६ गते रुपन्देहीको हिरापुरकी तिला कुमारी खड्काले धाम विकास समितिलाई १ हजार ५ रूपैयाँ बुझाएकी थिइन् । १७११४ नं. को पहिलो रसिदमा १ हजार ५ रुपैयाँ लेखिए पनि त्यसैको छायाँ प्रतिमा ५०५ रुपैयाँ मात्रै लेखिएको छ ।

null

रसिद अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । धाम विकास समितिका अध्यक्ष कृष्ण तिमिल्सेनाले आफूहरूलाई बदनाम गराउन एक वर्ष अघिको घटना अहिले चर्चामा ल्याएको बताए । ‘रसिदको दुरूपयोग गर्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि निलम्बन गरिएको छ’ अध्यक्ष तिमिल्सेनाले भने, ‘आफूहरूलाई बदनाम गराउने यहीँ भित्रका केही यस्ता कार्य गरेका देखिन्छ । आफूहरूले मन्दिरजस्तो धार्मिक संस्थामा रकम दुरुपयोग गर्ने भन्ने कुरा सोच्न पनि सकिँदैन ।’ 

मन्दिरका सदस्य छाँया पोखेलले दोषी भटिए सबै कारवाहीको भागीदार बन्ने बताए । धामका सचिव गणेश अधिकारीले मन्दिरलाई बदनाम गराउने केही व्यक्ति लागेको दाबी गरे । धाम विकास समितिका कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीलाई निलम्बन गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्