१० असार २०८३, बुधबार

भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

असार ३०, २०८०
काठमाडौं
भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
फाइल फोटो

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

चट्याङसहित परेको भारी वर्षाका कारण शुक्रवार राज्यका केही भाग प्रभावित भएका सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिवार जनाएको छ ।

भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ । 

सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्