×

NIC ASIA

बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर

बाग्लुङ | असार ३१, २०८०

Prabhu Bank
NTC
Premier Steels

वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुंगामुढा सहितको पहिरो थुप्रिएको छ । पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन ।

Muktinath Bank

बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौं नागरिक प्रभावित बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छोडे । गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्‍याइदिएपछि घोडा खच्चडको आवश्यकता पनि किन होस् र ? तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधन नै घोडा खच्चड बनेका छन् ।


Advertisment
Nabil box
Kumari

डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्ध रूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो । टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएका खच्चड हिउँदको समय कामविहीन हुन्छन् । स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् तर यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोर लगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छन् ।

Vianet communication

हिउँदको समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन् ।

केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत सामान ओसारपसार गरिरहेका छन् । हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुशी भएका छन् । २४ वर्ष खच्चड व्यवसाय गरेका स्थानीय तुलबहादुर विकले १२ वर्ष अगाडिसम्म सामान ढुवानी गर्ने गर्थे । १७ वटा खच्चडमार्फत साधन ढुवानी गर्दा वर्षमा ५ लाख बढी आम्दानी गर्ने उनले अहिले २० हजार रुपैयाँ कमाउन मुस्किल पर्ने बताए ।

गाउँको टोल–टोलमै सडक पुगेपछि घोडा खच्चड कामविहीन बनेका विकले बताए । हिउँदभरि दान, घाँस पानी खुवाएर पाल्न गाह्रो भएको भन्दै ८ वटा खच्चड सित्तैमा बेचेको सुनाए । पहिले एउटा खच्चडको ५० हजार रुपैयाँभन्दा बढी पर्ने गरेको स्मरण समेत विकले गरे । अहिले मलबाहेक घोडा खच्चडबाट फाइदा नभएको उनले बताए ।

‘म १८–१९ वर्ष हुँदादेखि घोडाको पछि हिँड्न थालेको हुँ, तानसेन, खसौली, तम्घासबाट सामान बोकाएर ५–६ दिनमा बुर्तिबाङ आइन्थ्यो, महिनाभरिको कमाइ निकै राम्रो हुन्थ्यो, उतिबेला बुर्तिबाङभन्दा माथिका गाउँमा मोटरबाटो पुगेको थिएन,’ उनले भने, ‘घोडा खच्चडलाई काम भ्याइँनभ्याइँ हुन्थ्यो, जब मोटरबाटोहरू गाउँमा आए त्यसपछि खच्चडले बोक्ने सामान सबै मोटर गाडीले बोक्न थाले, मोटर गाडीमा सामान दैलोमै आएपछि मान्छेले के–को खच्चड खोजुन्, उही बर्खा लाग्यो भने २–४ दिन काम आउँछ, त्यसले दान पनि पुग्दैन ।’

गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा, खच्चडको प्रयोग गर्ने गरेको खच्चड व्यवसायी मङ्गले परियारले बताए । उनले अहिले खच्चडको काम नहुँदा पाल्न समेत गाह्रो हुन थालेको गुनासो गरे । पहिले घोडा खच्चड हुने मान्छे निकै धनी मानिने गरेको जनाउँदै अहिले गरीबले मात्रै खच्चड पाल्ने गरेको उनले सुनाए ।

उनले भने, ‘पहिले यसको ३–४ ठाउँ पसल हुन्थ्यो, उसैको घोडा खच्चड हुन्थे, गरीबले मात्रै खच्चड पाल्छ, उतिबेला गरिबले घोडा खच्चड किन्न सक्दैनथे, साहु महाजनले मात्रैको हुन्थ्यो, अहिले त फ्रिमा कसैलाई लैजाभन्दा पनि कसैले लग्दैनन्, न काटेर मासु खान मिल्ने, न पालेर फाइदा, मार्न भएन, जसोतसो पाल्नुको विकल्प छैन, बर्खामा २ दिन भारी बोकेर के आम्दानी हुन्छ ? वर्षभरि नभए पनि ६ महिना काम गर्न पाउने भए पनि धेरै सजिलो हुने थियो, काम सबै गाडीले गर्छन्, के को खच्चडलाई काम दिउन् ।’

बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएका ठाउँमा व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्ने गर्छन् । बर्खामा ग्रामीण सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । शाखा सडकका कारण लोकमार्ग समेत बेला–बेलामा अवरुद्ध हुने गरेको उनले बताए । मुख्य सडकलाई जसोतसो अवरुद्ध हुँदा बित्तिकै खुलाए पनि शाखा सडक असोजपछि मात्रै खुलाउने उनको भनाइ छ ।

‘बर्खामा यातायात सञ्चालन हुन समस्या हुन्छ, बाढीपहिराले अहिले पनि हाम्रो पालिकाको सबै ग्रामीण सडक अवरुद्ध छन्, मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पटक–पटक अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘सडक अवरुद्ध हुँदा यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने गरेको छ, मुख्य सडक त केही समयै खुलाउने गरेका छौं भने ग्रामीण सडक बर्खामै खुलाउन सकिँदैन, हिउँद नआउँदासम्म खुलाउन असम्भव नै हुन्छ ।’ – डम्मर बुढामगर/रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x