०६ साउन २०८३, बुधबार

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गर्ने तयारी, साउन १२ देखि दश दिन संयुक्त कार्यक्रम

असार ३१, २०८०
काठमाडौं
समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गर्ने तयारी, साउन १२ देखि दश दिन संयुक्त कार्यक्रम
फाइल फोटो

चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । 

त्यसैगरी मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच/पाँच जनासम्म र प्रदेशमा तीन/तीन तथा जिल्लामा दई/दुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ । 

यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताए । 

उनले भने, “मोर्चाको नेतृत्व चार/चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौं ।” हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्