
धादिङको निलकण्ठ नगरपालिका ३ बसपार्क नजिकैबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।
डंकबहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकालसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले शनिवार राति पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।