राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका बजेटसँग सम्बन्धित तीनवटा विधेयक राष्ट्रपति पौडेलले आइतवार प्रमाणीकरण गरेका हुन् ।
उनले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
