०८ असार २०८३, सोमबार

हवाई सुरक्षाको अवस्था निरन्तर ओरालो लाग्नु चिन्ताको विषय : गौतम​

असार ३१, २०८०
काठमाडौं
हवाई सुरक्षाको अवस्था निरन्तर ओरालो लाग्नु चिन्ताको विषय : गौतम​
फाइल फोटो

रास्वपा सांसद सोविता गौतमले देशका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

प्रतिनिधिसभाको आजको बैठकमा उनले विभिन्न क्षेत्रमा भएका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् । ‘संसारमा यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ’ उनले भनिन्, ‘उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ, यो नियामक निकायको अक्षमता हो ।’

नेपालमा हवाईसम्बन्धी पृथक, विशिष्टीकृत र सशक्त नियामक निकायको आवश्यकता रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्