०८ साउन २०८३, शुक्रबार
स्वचालित मूल्य प्रणाली लागु

इन्धनको मूल्य घट्यो, पेट्रोलको मूल्य अब १६४ रुपैयाँ

असार ३१, २०८०
काठमाडौं
इन्धनको मूल्य घट्यो, पेट्रोलको मूल्य अब १६४ रुपैयाँ
फाइल फोटो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको निगमले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेको छ ।

अब एलपीजीको नयाँ मूल्य १ हजार ७९० रूपैयाँ कायम भएको छ ।

निगम सञ्चालक समितिको बैठकले आइतवार मध्यरातिबाट स्वचालित मूल्य प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकेको हो ।

 

null

salt training

कमेन्ट गर्नुहोस्