१४ असार २०८३, आइतबार

बागमती प्रदेशका दुई विधेयक प्रमाणीकरण

असार ३१, २०८०
काठमाडौं
बागमती प्रदेशका दुई विधेयक प्रमाणीकरण
फाइल फोटो

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । 

बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

साथै उनले आव २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्