०५ साउन २०८३, मंगलबार

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप

असार ३१, २०८०
काठमाडौं
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप

नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्यलाई थप गरेको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सो विभागमा तीन सदस्य थप गरेका हुन् ।

थप हुने सदस्यमा सन्तोष न्यौपाने (लमजुङ), अशोक शर्मा (कञ्चनपुर) र सुमन गौतम (रौतहट) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्