काठमाडौँ, २८ भदौ- इन्द्रा थापाका छोरा बेलायती सेनामा भर्तीका लागि परीक्षा दिएर नतिजाको पखाईमा थिए ।
नतिजा आउने दिनभन्दा साताअघि नै असफल भएको सुचना आयो, अन्नपूर्ण पोस्टमा खबर छ ।

'भदौ २४ गते रिजल्ट आउँछ भनेका थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं, इन्द्राले भनिन्, 'भर्ती गराईदिएबापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ ।
भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाँले दललाविरुद्ध आफूले सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए ।