×

NIC ASIA

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै

जुम्ला | साउन २, २०८०

Prabhu Bank
NTC
Premier Steels

सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ ।

Muktinath Bank

 विगत वर्षको तुलनामा गत आवमा   जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक वर्ष २०७७/७८ मा जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या आठ सय ६० जना थियो । जसमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ किशोरी रहेका छन् । 


Advertisment
Nabil box
Kumari

पातारासीमा एक सय ३४, कनकासुन्दरीमा ९०, सिञ्जामा ६८, गुठीचौरमा ९५, तिलामा एक सय ४० र हिमामा ७७ जना गरी जम्मा आठ सय ६० जुम्लाका किशोरी सो आवमा उमेर नपुग्दै गर्भवती अर्थात् आमा बनेका थिए ।

Vianet communication

उनीहरूबाट जन्मिएका एक सय ८० बच्चा कम तौलका रहेको सो कार्यालयले जनाएको छ । दुई वर्ष पहिला २० वर्ष नपुग्दै आमा अर्थात् गर्भवती हुने किशोरीको सङ्ख्या आठ सय ६० रहेकोमा आव २०८९/८० मा दोब्बरले घटेर तीन  सय १० कायम भएको कार्यालय प्रमुख सुमाइको भनाइ छ ।

तीन सय १० जना किशोरीमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय २७ जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 सबैभन्दा कम सिञ्जा गाउँपालिकामा पाँच जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले बढी देखिएको हो ।

यस वर्षको तथ्याङ्कले जुम्लामा बालविवाह घट्दै गएको देखाए पनि अवस्था सन्तोषजनक नरहेको तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले जानकारी दिए । अझै गाउँघरमा बालविवाहका असर तथा कानुनी दण्ड सजायबारे सचेतना फैलाउन जरुरी रहेको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए । 

तथ्याङ्कले बालविवाहमा अपेक्षित सुधार नआए पनि बालविवाह दर घट्दो क्रममा रहेको स्थानीय तहका महिला तथा बालबालिका शाखाले जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x