१४ असार २०८३, आइतबार

राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा यादव नियुक्त

साउन २, २०८०
काठमाडौं
राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा यादव नियुक्त

राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा अमरप्रसाद यादव (फुलबरिया–४ सिरहा) लाई नियुक्त गरिएको छ । 

प्रधानमन्त्री एवं राजर्षिजनक विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिफारिस समितिको सिफारिसमा आज उनलाई नियुक्त गरेका हुन् । सिफारिस भएका तीन जनामध्येबाट प्रा डा यादवलाई नियुक्त गरिएको हो । 

उपकुलपतिको लागि प्रा डा महानन्द चालिसे (रत्ननगर–९ चितवन) र प्रा डा क्षितिज उपाध्याय ढुङ्गेल (जनकपुरधाम, धनुषा) को नाम समेत सिफारिस भएको थियो । 

‘राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि, २०७९’ बमोजिमको प्रक्रिया पूरा गरी सो सिफारिस समितिको निर्णयअनुसार राजर्षिजनक विश्वविद्यालय ऐनबमोजिम तीन जनाको नाम सिफारिस गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्