२८ जेठ २०८३, बिहीबार

१२ लाख तिरेपछि छुटे बैङ्किङ कसुरमा पक्राउ परेका एमाले नेता

साउन २, २०८०
बुटवल
१२ लाख तिरेपछि छुटे बैङ्किङ कसुरमा पक्राउ परेका एमाले नेता

बैङ्किङ कसुरमा पक्राउ परेका एमाले नेता तथा पूर्व कृषिमन्त्री विजयबहादुर यादव आवश्यक रकम बुझाएपछि मंगलबार छुटेका छन् । गएको माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौँको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहेका यादवमाथि मुद्दा दर्ता भएको थियो ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले सम्बन्धित व्यक्तिलाई तिर्नुपर्ने रकम सोमबार बैंकमा जम्मा गरेपछि मिलापत्र गरेर यादव छुटेको लोकान्तरलाई जानकारी दिए । मुद्दा दायरपछि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा यादवलाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको थियो । बाँकेको डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ परेका यादवलाई सोमबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा बुझाइएको थियो ।

वि.स. २०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘क’ बाट जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका थिए । पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो । जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए । गत प्रदेशसभा चुनावमा उनी आफ्नै क्षेत्रमा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्