२७ असार २०८३, शनिबार

शिवखोलामा खस्यो ट्रक, घाइते चालकको उद्धार गरिँदै

साउन ३, २०८०
दाङ
शिवखोलामा खस्यो ट्रक, घाइते चालकको उद्धार गरिँदै

दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खसेको हो ।

भैरहवाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु१ख ८६०९ नम्बरको ट्रक खोलामा खसेको हो । चालक ट्रकभित्र फसेका र उनको उद्धारको प्रयास भइरहेको छ । 

घाइते अवस्थामा रहेका चालकलाई उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साढे २ घण्टादेखि चालक घाइते अवस्थामा ट्रकभित्र फसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्