१५ असार २०८३, सोमबार
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने

साउन ३, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन् । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको हो । 

बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । समिट जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ । 

प्रतिनिधि मण्डलमा कृषि तथा पशुपंक्षी विकासमन्त्री समेतको प्रतिनिधित्व रहने छ । 

बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । 

त्यस्तै सरकारले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क जुन थियो शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्