२६ असार २०८३, शुक्रबार
अवैध संरचनामा महानगरको डोजर

भद्रकुमारी घले आश्रमका ६ वटा भवनमा डोजर चलाउँदै महानगर, स्कूल अन्यत्र सार्ने तयारी

साउन ३, २०८०
काठमाडौं
भद्रकुमारी घले आश्रमका ६ वटा भवनमा डोजर चलाउँदै महानगर, स्कूल अन्यत्र सार्ने तयारी

काठमाडौंको घट्टेकुलो क्षेत्रमा रहेको भद्रकुमारी घले आश्रममा रहेका ६ वटा भवनमा काठमाडौं महानगरले डोजर चलाउने भएको छ । 

५ रोपनी १२ आना क्षेत्रफलमा रहेका संरचना अवैध रहेकोले भत्काउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

null

आश्रमका घरमा रहेका सटर खाली गरिसकिएको छ भने स्कुललाई अन्यत्र सार्ने तयारी रहेको भद्रकुमारी शिक्षा सदनलाई अन्यत्र सार्ने तयारी रहेको पाण्डेले बताए । समाजसेवी घलेले नै अनधिकृत संरचना अटाउन अनुमति दिएको पाण्डेले बताए ।   

अनधिकृत संरचना आजैदेखि भत्काउने काम शुरू गरिने पाण्डेले बताए । महानगरको प्रहरी टोली अहिले भद्रकुमारी आश्रममा पुगेको छ । ३ दिनअघि संरचना खाली गर्न महानगरले सूचना दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्