
काठमाडौंको घट्टेकुलोस्थित भद्रकुमारी घले सेवा सदनका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सदनमा रहेका अवैध संरचनामा महानगरले डोजर चलाएर भत्काएको हो ।

त्यहाँ ६ वटा भवनमा काठमाडौं महानगरले डोजर चलाउने भएको छ । ५ रोपनी १२ आना क्षेत्रफलमा रहेका संरचना अवैध रहेकोले भत्काउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

आश्रमका घरमा रहेका सटर खाली गरिसकिएको छ भने स्कुललाई अन्यत्र सार्ने तयारी रहेको भद्रकुमारी शिक्षा सदनलाई अन्यत्र सार्ने तयारी रहेको पाण्डेले बताए । समाजसेवी घलेले नै अनधिकृत संरचना अटाउन अनुमति दिएको पाण्डेले बताए ।

तस्वीर : प्रकाश बुढाथोकी/लोकान्तर