
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड अफिसको उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका-८ स्थित सिउरेनीटारमा सोमवार फिल्ड अफिसको उद्घाटन गरिएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।
लामो समयदेखि चर्चामा रहेर बन्न नसकेको बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत आयोजना निर्माणको काम शुरू हुन सकेको छैन ।
गोर्खा र धादिङको सीमाना भइ बग्ने बूढीगण्डकी नदीमा १२ सय मेगावाटको आयोजना लामो समय चिनियाँ कम्पनीले लाइसेन्स होल्ड गरेर राखेको थियो ।
सरकार आफैले बनाउने भन्दै कम्पनी बनाएर काम गरिएको छ ।