
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले पार्टीले जिम्मेवारी नदिँदा आफूहहरू बेरोजगार बन्नु परेको गुनासो गरेका छन् । सांगठानिक कार्यतालिका लागू भएपछि काम पाउने उनले विश्वास गरे ।
बुधवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामाले जिम्मेवारी नपाएको गुनासो गरेका हुन् । ‘हामी बेरोजगार बसिरहेका छौं, सांगठानिक कार्यतालिका लागू भएपछि अब काम पाउने आशा छ’ लामाले भने ।
लामाले पार्टीलाई बलियो बनाउन तरुण दललाई अझ समावेशी बनाएर लैजानुपर्ने बताए । केन्द्रीय सदस्य लामाले एक वर्षपछि बैठक बसेको भन्दै आम निर्वाचनको समीक्षा हुनुपर्ने बताए । ‘पार्टीले गठबन्धन गर्यो, आत्मसात गरेर आफ्नो ठाउँमा खटियौं । तर मेरो तेजोबत हुनेगरी जिल्ला पार्टीले कारवाहीको प्रस्ताव गरेको छ’ उनले भने ।