२१ जेठ २०८३, बिहीबार

आयोजक मनास्लु च्याम्पियन

साउन ३, २०८०
काठमाडौं
आयोजक मनास्लु च्याम्पियन

आयोजक मनास्लु वर्ल्ड कलेजले तेस्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधवार जितेको छ ।

चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित गर्‍यो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे । मनास्लुकै तुसार महर्जनले ६ तथा कोसिस भुजेलले ४ अङ्क जोडे । सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हाउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

उपाधिसँगै मनास्लुले १५ हजार नगद पुरस्कार हात पा¥यो भने युजेएले ७ हजार नगद पुरस्कार पायो । विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् । मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तुसारले पनि छात्रवृत्ति प्रदान गरिने छ ।

विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने लिग कम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्