०५ साउन २०८३, मंगलबार

यी हुन् कांग्रेस बैठकमा धारणा राख्ने ४६ नेता

साउन ३, २०८०
काठमाडौं
यी हुन् कांग्रेस बैठकमा धारणा राख्ने ४६ नेता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि जारी रहने भएको छ ।  सभापति शेरबहादुर देउवाको सभापतित्वमा  केन्द्रीय कार्यालय सानेपामा बैठक मंगलबारदेखि सुरु भएको थियो । 

पहिलो दिन विभिन्न प्रतिवेदनहरु पेश भएकामा दोस्रो दिन ती प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम सुरु भएको छ । 
जसअनुसार आजको बैठकमा ४६ नेताले आफ्नो धारणा राखेका राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

बिहीबार बिहान ११ बजे पार्टी कार्यालयमै बैठक पुनः बस्ने र सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने उनको भनाइ छ । 

आजको बैठकमा केन्द्रीय सदस्यहरु जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली,  नैनसिंह महर, यस्तै  गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिनले आफ्नो धारणा राखेका छन् ।  

यसैगरी रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि।क।, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखेका छन् ।

यस्तै आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) लेसमेत आ–आफ्ना धारणा राखेको पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्