२२ असार २०८३, सोमबार

‘सरकारले समितिको निर्देशन कार्यान्वयन गरेन’

साउन ३, २०८०
काठमाडौं
‘सरकारले समितिको निर्देशन कार्यान्वयन गरेन’

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले संसदीय समितिको आवश्यक र औचित्यपूर्ण निर्देशनप्रति सरकार जवाफदेही हुनुपर्ने बताएकी छन् ।

समितिको आज बसेको बैठकमा सभापति थापाले कार्यक्षेत्रभित्र रहेर सम्बन्धित पक्षलाई दिएको निर्देशन, सुझाव, निर्णय कार्यान्वयन नभएको भन्दै सरकार समितिप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताएकी हुन् । उनले संसदीय कार्य प्रभावकारी बनाउन समितिका सदस्य र सांसदले समेत सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिइन् । 
उनले संसदीय समितिको कार्यलाई प्रभावकारी बनाउन अवलम्बन गर्नुपर्ने विषयमा समेत छलफल र बहस गर्नुपर्ने बताइन् । उनले भनिन्, “समितिको शासनादेशको सन्दर्भमा कसरी जानुपर्छ, अन्तर्राष्ट्रिय अभ्यास के छ भन्ने कोणबाट पनि नयाँ विषयमा छलफल गर्नुपर्दछ । अहिले छलफल सुरु भए कालान्तरमा सुधार वा परिवर्तनका आभास हुनसक्छ ।”

सभापति थापाले संसदीय समितिको कार्य प्रभावकारिताबारे राष्ट्रियसभामा सांसदसँग समेत छलफल गर्ने बताइन् । 

बैठकमा संसदीय समितिको शासनादेश, अनुगमन तथा मूल्याङ्कन जाँचसूची ‘चेकलिस्ट’ र गुनासो व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्