१५ असार २०८३, सोमबार
अवैध सुन बरामद

तस्करीको सुन ८० किलोदेखि १ क्विन्टलसम्म हुनसक्ने विभागको अनुमान

तीन जना पक्राउ, अनुसन्धान जारी
साउन ३, २०८०
काठमाडौं
तस्करीको सुन ८० किलोदेखि १ क्विन्टलसम्म हुनसक्ने विभागको अनुमान
फाइल तस्बिर

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा६ ८० देखि १ सय किलोग्रामसम्म अवैध सुन बरामद गरेको छ । 

 विभागका महानिर्देशक नवराज ढुंगानाले  ८० देखि १ क्विन्टल हाराहारीमा सुन बरामद भएको बताए ।  साथै सो प्रकरणमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उनले बताए । 

मोटरसाइकल र स्कुटरको स्पेयर पार्ट्सको रूपमा मिसाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधवार गठित स्पेसल टास्क फोर्सले उक्त सुन बरामद गरेको उनले बताए ।

'यस अघि नै २/३ राउण्ड सुन ल्याइसकिएको भनेर गोप्य सूचना प्राप्त भएपछि हामीले विशेष टास्क फोर्स गठन गरेका थियौँ,' ढुंगानाले लोकान्तरसँग भने, 'सोही टास्क फोर्सले आज बिहानदेखि गरेको अप्रेसन लिक भएपछि पक्राउ पर्ने सूचीमा रहेका कतिपय व्यक्ति फरार भएका छन् ।' फरार भएकाहरूको खोजी कार्य जारी रहेको उनले खुलाए ।

स्पेयर पार्ट्समा मिक्स भएर सुन ल्याइएको हुनाले सुन र पार्ट्स दुवै छुट्याउन समय लागेको उनले बताए । 'अहिले सम्म झन्डै ८० किलो देखि १ सय किलो सम्म सुन हुनसक्ने हाम्रो अनुमान हो,' ढुंगानाले लोकान्तरसँग भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार बुधवार दिउँसो ३ बजेर ३८ मिनेटमा  १७०५ वटा स्पेयर पार्ट्स भन्सारबाट पास भएर गएको अभिलेखमा उल्लेख छ ।

त्यसैगरी  मंगलवार दिउँसो ४:३९ पनि ट्याक्सीमा १५ सय कार्टुन स्पेयर पार्ट्स भन्सारबाट पास भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्