२१ असार २०८३, आइतबार

दिउँसो २ बजेनै भन्सार पास भएको थियो अवैध सुन

साउन ३, २०८०
काठमाडौं
दिउँसो २ बजेनै भन्सार पास भएको थियो अवैध सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको अवैध सुन बुधवार दिउँसो २ बजे नै भन्सार पास भएको खुलेको छ । 

 विमानस्थलबाट पास भइसकेको  करिब १०० किलो सुन हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानबाट मङ्गलवार नेपाल भित्रिएको बताइएको छ ।  स्कुटरको ब्रेक सुमा फिट गरेर सुन ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधवार बरामद भएको हो ।  

विभागको विशेष टोलीले  अपराह्न २ बजे भन्सार पास भएर सिनामंगलस्थित विमानस्थल परिसर बाहिर आइसकेको अवस्थामा सुन बरामद गरेको बताइएको छ ।   

एक सय किलो सुन भएमा आजको बजार मूल्यअनुसार ९६ करोड ९६ हजार हाराहारीमा हुनेछ । 

विभागले सुनको परिमाण निकाल्नका लागि जोख्ने काम भइरहेको बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्