
काठमाडौं, २८ भदौ – गुल्मीको आँपचौरमा एक बुहारीले ससुरालाई छुरा प्रहार गरे शख्त घाइते बताएकी छन् । मुसिकोट नगरपालिका ५ आँपचौरकी ४० वर्षीय गोमा परियारले ५८ वर्षीय ससुरा तुलबहादुलाई छुरा प्रहार गरेर गम्भीर घाइते बनाएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाइते परियारको टाउकोमा डेढ इन्च गहिरो चोट लागेको छ । तुलबहादुरको अहिले स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मंगलवार नातीलाई हप्काएर सामान्य एक दुई थप्पड हानेका तुलबहादुरलाई त्यसको लगत्तै बुहारीले छुरा हानेकी हुन् ।
तुलबहादुर छोराबुहारीसँग लग्गै बस्दै आएका थिए ।