३० असार २०८३, मंगलबार

समाचार लेखाएको भन्दै दुबईमा अलपत्र १५ नेपालीलाई ज्यान मार्ने धम्की

साउन ४, २०८०
काठमाडौं
समाचार लेखाएको भन्दै दुबईमा अलपत्र १५ नेपालीलाई ज्यान मार्ने धम्की

दुबईमा १५ जना नेपालीलाई अलपत्र परेको विषयमा समाचार प्रकाशित भएपछि पीडितलाई ज्यान मार्ने धम्की आएको छ ।

मासिक १ लाख रुपैयाँ तलब आउने गरी पेट्रोल पम्पमा काम लगाउने भन्दै दुबई पुर्‍याएर १५ जनालाई अलपत्र पार्ने व्यक्तिले पीडितलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

लोकान्तरसँग सम्पर्कमा रहेका पीडितले समाचारको विषयलाई लिएर आफूहरूलाई ज्यान मार्ने धम्की आएको बताए । ‘सर, हामीलाई मार्छु, दुबईमा मैले के–के गर्न सक्छु हेर, भन्दै धम्की दिएको छ,’ पीडितमध्येका एकजनाले लोकान्तरसँग भने ।

दुबईमा अलपत्र पार्ने मुख्य नाइके दुबईमा सिल्भरलाइन फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेज सञ्चालन गर्ने पर्वत डाँडाखर्कका विजय सुनार र उनका सहयोगी झापाको शिवसताक्षी मैहरका ओमप्रकाश भन्ने अनुप थापाले धम्की दिएको पीडितले बताएका हुन् ।

आफूहरू दुबईमा काम गर्दै आएकी एक दिदीको घरमा सेल्टर लिएर बसेको पीडितहरूले बताएका छन् ।

लोकान्तरले बुधवार 'दुबईमा १५ नेपाली अलपत्र, खान/बस्न देऊ भन्दा गुण्डा लगाएर कुटपिट' शीर्षकको समाचार प्रकाशित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्