
नेपाल राष्ट्र बैंकको टक्सार विभागले ब्रेक शुसहित तस्करीको सुनको तौल १५५ केजी भएको जानकारी दिएको छ ।
राजस्व अनुसन्धान विभागले तस्करीबाट समातिएको सुनको तौल जोख्न राष्ट्र बैंक पठाएको छ । राष्ट्र बैंकको टक्सार विभागमा उक्त सुन जोख्ने काम भइरहेको छ ।
सुन जोग्ने क्रममा ब्रेकशु सहितको तौल लिइएको र अब सुन मात्रै छुट्याएर फेरि तौल लिइने टक्सार विभागले जानकारी दिएको छ ।
राजस्व अनुसन्धान विभागले बुधवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक शुमा लुकाएर ल्याएको सुन फेला पारेको थियो । त्यो सुन करिब एक सय किलोग्राम रहेको अनुमान गरिएको छ ।