
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बनेको बताएको छ ।
वार्षिक अपराध अनुसन्धान प्रगति समीक्षा २०७९/०८० सार्वजनिक गर्दै ब्यूरोले समाजको विकासक्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधिको प्रयोग बढ्दै गएको बताएको छ ।
साथै अपराध गर्ने शैली र आपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकोले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बनेको सीआईबीले जनाएको छ ।
'आपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धान कार्य प्राविधिक रुपमा अझै जटिल हुँदै गइरहेको छ' सीआईबीको वार्षिक अपराध अनुसन्धान प्रगति समीक्षामा उल्लेख छ ।
ब्यूरोले चालू आर्थिक वर्ष २०७९/०८० मा गहन प्रकृतिका मुद्दाको सफल अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानूनको दायरामा ल्याएको तथ्यांकसमेत सार्वजनिक गरेको छ ।
यस्तो छ तथ्याङ्कगत विवरण