०३ असार २०८३, बुधबार

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

साउन ४, २०८०
काठमाडौं
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ
फाइल फोटो

झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उनीसँगै अहिलेसम्म सुन तस्करी प्रकरणमा सात जना पक्राउ परिसकेका छन् । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका बेला उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाइएको छ । विभागले हिजो (बुधवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक क्विन्टल सुन बरामद गरेको थियो ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो । उक्त सुन हङ्कङबाट रेडी ट्रेड प्रालिको नाममा आएको खुलेको छ । त्यसका सञ्चालक पनि पक्राउ परेका छन् ।

स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर यसरी सुन बरामद भएको हो । अहिले टक्सार विभागमार्फत सुनको परिमाण निकाल्ने काम जारी रहेको छ।

यसअघि ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू  हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्