११ असार २०८३, बिहीबार

बेनी–जोमसोम सडकको रुप्से झरनामा बेलिब्रिज निर्माण

साउन ४, २०८०
मुस्ताङ
बेनी–जोमसोम सडकको रुप्से झरनामा बेलिब्रिज निर्माण

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा बेलिब्रिज निर्माण गरिएपछि आजदेखि नियमित यातायात सञ्चालन भएको छ ।

उक्त सडकखण्डको स्तरोन्नतिसँगै बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेलिब्रिज आजदेखि नियमित पूर्णरूपमा सञ्चालन भएको हो । तीन वर्षअघि विसं २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो । पुल बगाएपछि बर्खायाममा सवारीसाधन आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । 

बेलिब्रिज निर्माणसहित दुई सय ५० मिटर सडक स्तरोन्नति गर्न बेनी–जोमसोम कोरला सडक आयोजनाले मुक्तिनाथ निर्माण सेवासँग एक वर्षमा निर्माण सक्ने गरी गत पुसमा रु तीन करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको सम्झौता समय एक वर्षको भए पनि निर्माण कम्पनीले करिब ८० प्रतिशत काम छ महिनामै सम्पन्न गरेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । 

salt training

कमेन्ट गर्नुहोस्