२७ जेठ २०८३, बुधबार

ट्राफिक प्रहरीद्वारा २ करोड ६२ लाख राजस्व संकलन

साउन ५, २०८०
बाँके
ट्राफिक प्रहरीद्वारा २ करोड ६२ लाख राजस्व संकलन
प्रतिकात्मक तस्वीर

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा २ करोड ६२ लाख राजस्व संकलन गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार ८३८ सवारीसाधनका चालकलाई कारबाही गरी रकम असूल गरिएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । ‘जरिवाना मात्रै गर्दैनौं, चालकबाट नियम उल्लंघन नहोस् भनेर चेतनामूलक अभियान समेत सञ्चालन गर्दै आएका छौं,’ उनले भने ।

गत आवमा कार्यालयले ७७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए ।

आव २०७९/८० मा जिल्लामा १२४ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १२९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपाया समेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने २ हजार ८५५ चालकलाई कारबाही गरेको थियो । उनीहरूबाट २८ लाख ५५ हजार राजस्व संकलन गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्