०७ असार २०८३, आइतबार

जग्गा अतिक्रमण गर्ने ३ जना पक्राउ

साउन ५, २०८०
सिरहा
जग्गा अतिक्रमण गर्ने ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीवार नियन्त्रणमा लिएको हो ।  

सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्रयाक्टरसहित तीनै जनालाई सबडिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई वन ऐनअन्तर्गत ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी दिए । सो वन क्षेत्रमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयले करीब ३० हेक्टर जग्गामा तारबारसहित वृक्षरोपण गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्