०३ असार २०८३, बुधबार

प्रेस युनियनले मनोनयन गर्‍यो ४ केन्द्रीय सदस्य, को-को परे ?

साउन ५, २०८०
काठमाडौं
प्रेस युनियनले मनोनयन गर्‍यो ४ केन्द्रीय सदस्य, को-को परे ?

लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’बमोजिम पत्रकार लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही)लाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् ।

युनियनका महासचिव दिलिप पौडेलले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार संगठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताए ।

लम्साल वि.सं. २०७९ साउनमा हेटौंडामा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्