
काठमाडौं– नेकपा एमालेले दशै तिहार छठ लगतयका पर्वमा अत्यावश्यक वस्तुहरुको सहज आपूर्तिका लागि हरेक गाउँपालिका र नगरपालिका तहसम्म सुपथ मूल्यका बजार सञ्चालन गर्न माग गरेको छ ।
एमालेको उपभोक्ता हित संरक्षण तथा शुसासन विभागको वैठकले चाडपर्वको अवसरमा उपभोक्तालाई मूल्य गुणस्तर नापतौलम हुनसक्ने ठगीलाई रोक्न देशभरी प्रभावकारी अनुगमन र नियमन गर्न माग गरेको उपभोक्ता हित संक्षण तथा सुशासन विभागका सचिव सूर्यबहादुर थापाले जानकारी दिए ।
नेकपा एमाले बैठकले ६ बुँदे माग पेश गर्दै यसलाई वेवास्ता गरे उपभोक्ताको आक्रोसबाट निम्तने दुष्परिणामको भागिदार सरकार हुने चेतावनी दिएको ।
बैठकले गरेको निर्णय र माग यसप्रकार छन्
१. दशै तिहार र छड पर्वमा नेपालीहरुको घरदैलोमा सहज रुपमा अत्यावश्यक वस्तुहरुको आपुर्ति हुने गरि सार्वजनिक संस्थानको परिचालन र निजि क्षेत्रसंग सहकार्य गरि हरेक गाउँपालिका र नगरपालिका तहसम्म सुपथ मूल्यका बजार कार्यक्रमहरु सञ्चालन गरियोस ।
२. चाडपर्वको अवसरमा उपभोक्तालाई मूल्य गुणस्तर नापलौलमा हुनसक्ने ठगिलाई रोक्न देशैभरी प्रभावकारी अनुगमन र नियमन गरियोस् ।
३. विगतमा दशैको महिना दिन अघि नै सार्वजनिक यातायातको टिकट बुकिङ्ग खुला गर्ने गर्दै आएकोमा यस वर्ष गत २२ गते देखि टिकट बुकिङ्ग खुला गर्ने भनि प्रचार वाची गरेपनि हजारौ यात्रु टिकट बुकिङ्ग गर्न नपाई दिनहूँ काउन्टरहरुमा भौतारिरहनु परेको छ ।
दशैमा घर फर्कने नेपालीको सपना अनिश्चित वन्दै गएको छ । यसरी दशैको मुखमा आएर भाडामा बृद्धि गर्ने र यात्रु सुरक्षाको दृष्टिले गंभिर गैर कानूनी मागहरु राखि सार्वाजनि सेवालाई अमूख संध महासधका नाउमा एकाधिकार एवंम अनुचित क्रियाकलाप गर्नेहरु उपर कडा कानूनी कारवाही गरि तत्काल टिकट बुकिङ्ग खुला गरियोस । यस अवसरमा साझा यातायात, विद्यालयका वसहरु, सरकारी गाडीहरु समेतलाई उपभोक्ताको उपत्यका वाहिरको आवतजावतमा सहजताका लागि परिचालन गर्ने प्रवन्ध गरियोस ।
४. नेपाल आयल निगमको जग्गा खरिद प्रकारणमा भएको घोटाला, साझा प्रकाशनमा भएको अनियमितता र नेशनल मेडीकल कलेजको सम्वन्धनमा भएको अनियमिताका सम्वन्धमा व्यापक रुपमा निरन्तर अध्ययन अनुसन्धानमूलक समाचारहरु प्रकाशन र विभिन्न क्षेत्र तह र तप्काबाट विरोध भइरहेको र उक्त कार्यहरु जनस्तरबाटै अस्वीकार्य भएको अवस्थामा त्यसका दोषिहरुलाई सरकार र सम्वद्ध निकायहरुबाट संरक्षण प्राप्त हुनु सुशासन र लोकतन्त्रका लागि विडम्वना हो । यस्का दोषिहरुलाई तत्काल निलम्वन गरि प्रभावकारी अनुसन्धान र कडा कारवाही गरियोस् ।
५. दशै तिहार र छडमा अवसर भन्दै झुठ्ठा प्रचार र छुटका नाउँमा भइरहेको लुट, वस्तु र सेवाको मूल्यमा भइरहेको अनुचित मूल्य निर्धारण, कालाबजारी तथा ठगिजन्य व्यापारलाई नियन्त्रण गरि त्यस्ता कार्यमा सलग्न दोषिहरुमाथि कारवाहीका नाउँमा सरकार र नियामक निकायका अधिकारीबाट गरिदै आएको मोलमोलाईका आधारमा दोषिलाई छुटकारा दिलाउने परिपाटीको समूल अन्त गरि दोषिहरुलाई आम उपभोक्ताले थाहा पाउने गरि कडा कानूनी कारवाही चलाई न्यायिक कठघरामा उभ्याइयोस् ।
६. उपभोक्ता हित संरक्षणका लागि वर्तमान कानूनहरुमा देखिएका कमिकमजोरीका कारण उपभोक्ता हित संरक्षणमा योगदान पुग्न नसकेकोले उपभोक्ता अदालतको व्यवस्था सहित समयसापेक्ष उपभोक्ताको हित सम्वोधन गर्ने गरि चाँडो भन्दा चाँडो एकिकृत उपभोक्ता हित संरक्षण सम्वन्धी कानूनको तर्जुमा गरि जारि गरियोस् ।