
एनआईसी एशिया बैंक लिमिटेड २६ वर्षमा प्रवेश गरेको छ ।
२६औं वार्षिकोत्समा बैंकले सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पमा देशकै सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनाएकोप्रति आभार प्रकट गरेको छ ।
यस्तै, ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने ग्राहकवर्ग, नियमनकारी निकाय, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।
आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरू प्रदान गर्दै थप नयाँ उचाइ र आयाम थप्ने बैंकले अठोट गरेको छ ।
