२२ जेठ २०८३, शुक्रबार

रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सकारात्मक छ : मन्त्री रिजाल

साउन ५, २०८०
काठमाडौं
रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सकारात्मक छ : मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक रहेको बताएका छन् ।  

शुक्रवार नेपाल रत्न तथा आभूषण सङ्घको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री रिजालले रत्न तथा आभूषण व्यवसायलाई प्रवर्द्धन गर्नको लागि सरकारले सदैव सकारात्मक भूमिका खेल्ने विश्वास दिलाएका हुन्।

नेपाली समाजमा रत्न तथा पत्थर जडित सुनचाँदीका कलात्मक गरगहना बनाउने परम्परा रही आएको उल्लेख गर्दै मन्त्री रिजालले नेपालको विविध सांस्कृतिक पर्व, जातीय भेषभूषा र मठमन्दिरमा यस्ता आभूषणको प्रयोग हुँदै आइरहेको बताए । यस्ता कलात्मक आभूषणको खरिद बिक्री विश्व बजारमा समेत हुने गरेको उल्लेख गर्नु हुँदै मन्त्री रिजालले नेपालको कला, संस्कृति र परम्परालाई विश्व सामु चिनाउनुका साथै विदेशी मुद्रा आर्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निकासी अभिवृद्धि गरी राजश्वमा योगदान पुर्‍याउँदै आइरहेकोमा व्यवसायी तथा नेपाल रत्न तथा आभूषण सङ्घ प्रति मन्त्री रिजालले धन्यवाद व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्