२४ जेठ २०८३, आइतबार

उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी भएर उपाध्यक्ष श्रेष्ठ स्वदेश फिर्ता

साउन ५, २०८०
काठमाडौं
उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी भएर उपाध्यक्ष श्रेष्ठ स्वदेश फिर्ता

अमेरिकामा सम्पन्न संयुक्त राष्ट्र संघको उच्च स्तरीय पोलिटिकल फोरममा सहभागी भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबादुर श्रेष्ठ स्वदेश फर्किएका छन् । अति कम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्युरो (एलडिसी)को अध्यक्षता समेत गरिरहेका उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपालले उच्चस्तरीय फोरममा सहभागी जनाएको थियो । 

नेपाली प्रतिनिधि मण्डललको नेतृत्व गर्दै एक साता अघि अमेरिकाको न्यूयोर्क पुगेका उपाध्यक्ष श्रेष्ठ शुक्रबार साँझ काठमाडौँ उत्रिएका हुन् । न्युयोर्कमा रहँदा उनले अल्पविकसित मुलुकहरुको तर्फबाट विभिन्न तीन वटा शत्रमा सम्वोधन गरेका थिए । 

फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरूको सहभागिता थियो । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रमा संकटका प्रभाव प्रकाश पार्दै अल्पविकसित राष्ट्रमा एसडिजीको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताएका छन् । 

उनले एलडिसीको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न, नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसीलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्व वित्तीय संरचना सुधारको आवश्यकतामा जोड दिए । ‘एलडिसी विश्वव्यापी फोकसको केन्द्रबिन्दु हुनुपर्छ, एलडिसी सफल भए एसडिसी सफल हुन्छन्,’ उपाध्यक्ष श्रेष्ठले भने ।

अमेरिका भ्रमणका क्रममा उपाध्यक्ष श्रेष्ठले अति कम विकसित मुलुकहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त रबाव फतिमा, युएनडिपीका उच्च अधिकारी लगायतसँग भेटवार्ता समेत भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्