२४ जेठ २०८३, आइतबार

लापसे चेकिङमा  ४ जना चालक नियन्त्रणमा

साउन ५, २०८०
काठमाडौं
लापसे चेकिङमा  ४ जना चालक नियन्त्रणमा

काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका  ४ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा ना४ख ७१५० नम्बरका ट्रक चालक काठमाडौँको नागार्जुन नगरपालिका ५ का ३२ वर्षीय मनोज श्रेष्ठ, ना३ख ४९६१ नम्बरका ट्रक चालक पर्साको वीरगंज महानगरपालिका १७ का २४ वर्षीय रोशन कुमार पटेल, बागमती प्रदेश ०३-००१ख २२९६ नम्बरका ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का ३० वर्षीय राम कुमार श्रेष्ठ र बा३ख ७९०५ नम्बरका हाइस चालक पाल्पाको पिपलडाँडाका ३५ वर्षीय हरी बहादुर चिडि  रहेका छन् । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलिले आज‍ २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना भने ‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाएको अवस्थामा फेला काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

नियन्त्रणमा लिएका ‍ चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्