×

NIC ASIA

राजनीति

नेपालमा पुराना र नयाँ पार्टीको अवस्थालाई कसरी बुझ्ने ?

काठमाडाैं | साउन ६, २०८०

Prabhu Bank
NTC
Premier Steels

पार्टीमा लागेपछि एउटा पद्धति हुन्छ । आफूलाई ठीक नलागेका निर्णयहरू पनि बहुमतले पास गर्‍यो भने त्यसलाई लागू गर्नुपर्छ । चित्त नबुझेको विषय जहिलेसुकै बाहिर भन्ने–लेख्ने पनि छुट हुँदैन ।

Muktinath Bank

अहिले सामाजिक सञ्जाल आएपछि भने यो सीमा अलि फराकिलो भएको छ । आफूलाई ठीक–बेठीक लागेका कुराहरू कहिलेकाहीँ व्यक्त गर्न पाइयो । कुनै पार्टीका लागि सामाजिक सञ्जाल नै घोषणापत्र र निर्णय पुस्तिका पनि भएको देखिन्छ । पुराना पार्टीहरूका समर्थक, शुभचिन्तकहरूले केही लेख्यो भने गालीको बाढी बगाइदिन्छन् । नयाँ पार्टी खुलेपछि पुराना पार्टीका सबै सदस्य, समर्थकहरू त्यतै लाग्नुपर्ने, अन्यथा झोले, अन्धभक्त आदि इत्यादि हुनुपर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गल्ती, कमजोरी स्वीकार र सुधार गर्नुभन्दा पुरानाले जे पनि गर्न हुने, हामीले किन गर्न नहुने भनेर बचाउ गर्नेहरू देखिएका छन् । जसलाई जे मन लाग्यो त्यही लेखिदिने अनि त्यो डढेलो लागे जस्तो फैलिने । त्यस्तो हल्ला सच्चाइको छेउसम्म नपुगेको भए पनि सम्बन्धित व्यक्तिको सामाजिक मर्यादा भने जमिनमा भासिन पुगिसकेको हुन्छ । 


Advertisment
Nabil box
Kumari

अहिले पार्टी सारै कमजोर भएको अवस्थामा फेरि सरकारको नेतृत्व गर्ने मौका मिलेको छ । शुरूका दिनहरूमा निराशा देखिए पनि हालसालै अलि हौसला बढेको छ तर पार्टीभित्र भने सन्नाटा छाएको छ । चुनावको बेलामा समेत टिकट नपाउने थोरै मात्र नेताहरू भोट माग्न हिँडेको देखियो । पार्टीले थालेको २ महिने देश भ्रमण अभियान कसरी समापन भयो, त्यति पनि पत्तो पाइएन ।

Vianet communication

सदनमा उपस्थित भएका सबै सांसदहरूले अहिलेसम्म बोले जस्तो लाग्दैन । केही मन्त्रीहरू भूमिगत शैलीमा काम गरिरहेको जस्तो देखिन्छ । नेकपा निर्माण गरेपछि करीब ३ वर्ष धेरैजसो नेता कार्यकर्ताहरू निष्क्रिय बस्नुको नतिजा हुनुपर्छ यो । पार्टी ठूलो त भयो तर नेतृत्वको भाग कम पाएपछि अल्छी बन्ने निहुँ पाए । अब फेरि समाजवादी मोर्चा बनेको छ, यसले पार्टीको सक्रियतामा ब्रेक लगाइनु हुँदैन । पार्टीलाई चुस्त–दुरुस्त राखेर सक्रिय हुने हो भने, सरकारले थालेको कामलाई निरन्तरता दिने हो भने हामीले दुःखद भविष्यको सामना गर्नु नपर्ने हुनसक्छ । 

विरोधीहरूले जेसुकै भने पनि सहने नेताहरू आफ्ना मानिसले खबरदारी गर्‍यो भने पनि बेस्सरी चित्त दुखाउने चलन छ । अरुले बिगार्न भन्यो भन्ने तर आफ्नाले सुधार्न भनेका होलान्सम्म पनि सोच्न सक्दैनन् । कसले कतिखेर आफूलाई के भनेर फरक मत राखे, त्यस्तालाई मौका पाउने बित्तिकै यही आधारमा भित्तामा पुर्‍याइदिने गरिन्छ । त्यसो भएपछि कसैको क्षमताभन्दा पनि नेताको गुलामी नै प्रमोसनको आधार बन्न जाने हुन्छ । शुरूमा माओवादी पार्टी फुट्नुको मुख्य कारण नै यही थियो । अप्रत्यासित रूपमा शक्ति हातमा आएपछि त्यसको व्यवस्थापन गर्न सकेन । दुःख मात्र बाँड्न जानेका नेताहरू एकाएक सुखभोग गर्न पाएपछि लुकेर आफू र वरिपरिमा मात्र सीमित भए । सरकार परिवर्तन भए पनि सत्तामा हालिमुहाली गर्दै आएको शक्तिले नेतृत्वमा रहेकाहरूलाई छोटो समयमा नै आफ्नो चंगुलमा पारेको चाल समेत पाउन सकेनन् । अब पद, प्रतिष्ठा र पैसा पाउने र नपाउने मात्र होइन, थोरै कि धेरै भन्नेहरूबीच नै फासला बढ्न गयो । अन्ततः त्यसलाई सैद्धान्तिक जलप लगाएर भिन्दाभिन्दै हुन थाले । यो क्रम अहिलेसम्म पनि चलिरहेको छ । 

पार्टी विभाजन भइसकेपछि कुनै समय प्रचण्डको कोर टीममा भएका एक नेतासँग कुरा हुँदा घेरा तोड्न सकिएन भनेका थिए । यदि यो कुरा सही हो भने नयाँ घेरालाई स्थापित हुन नदिनका लागि पुरानो टीमले झन् बलियो घेरा लगाउनुपर्ने ठाउँमा मैदान खाली गर्न हुन्थ्यो त भनेर मैले प्रश्न गरेको थिए । लामो समयपछि फुट्नु गल्ती थियो भनेर स्वीकार त भयो तर यसबीचमा आन्दोलनले निकै धेरै नोक्सानी व्यहोरिसकेको थियो । केही समय अगाडि मैले माथिल्लो तहका नेताहरूसँग सम्बन्धित एउटा पोस्ट गरेपछि कहिल्यै सम्पर्क नगर्ने, म्यासेज हेरेर प्रतिक्रियासम्म नदिनेहरूको पनि चित्त दुख्यो रे भनेर लामो टेक्स्ट आयो । २ जनाको लेखाइ हेरेर म दंग परे । म त तपाईंहरूलाई एकोहोरो माया गर्ने मान्छे हो, लागेको कुरा लेखे, नचिनेको विरोधीले लेखेछन् भनेर बिर्सिदिनु भनेर जवाफ फर्काए ।

मनमनै सोचे, आफूबारे आफैंले बुझ्न चाहेन भने अरु कसैले भनेको भरमा आफ्नो धरातल बुझ्न अति कठिन हुने रहेछ ।

केही दिनअघि एक जना पार्टी सदस्य र अर्को राजनीतिमा त्यति चासो नराख्ने मेरो अलि मिल्ने साथीसँग कुरा हुँदा उठेको समान विषयले मलाई केही सोच्न बाध्य बनायो । पार्टीको साथीले अब एउटा छुट्टै संगठन बनाउनुपर्ला जस्तो छ भनेर कुरा शुरू गरे । मैले पनि जिस्केर किन बनाउनु अब घण्टी बजाउने नि, त्यस्तै परे अर्को चुनावपछि ठूलै नेता बन्न पनि पाइएला भने । सबै लाइन लागिसके, अब त त्यहाँ पनि पालो पाइन्न, देख्नु भएन हिजो पार्टी राजनीतिमा लागेकाहरूले नै नेतालाई मात्र दोष लगाएर घण्टी बजाएपछि सबै देवता आएर देश बनाइदिन्छन् भनेर लागेका ? देश नै बनाउँछन् भने हामीले विरोध पनि किन गर्नुपर्‍यो र ? तर हिजो जुन मूल्य र मान्यताले पार्टीमा लागियो, त्यही स्पीरिट भएका साथीहरूसँग नजिक भई रहन पाए हुने जस्तो लाग्न थाल्यो । अहिले मोर्चापछि पार्टी नै बन्ने होला फेरि पहिला जस्तो निष्क्रिय बस्न नपरोस् भनेर मन मिल्ने थोरै भए पनि साथीहरू जम्मा हुने ठाउँ बनाउनुपर्‍यो । त्यसो त हामी विदेशको नागरिकता लिनेहरू सितिमिति देश फर्किनु पनि गाह्रो छ, त्यसमा पनि राजनीति गर्नु त त्यति सहज नहोला । 

साथीले त्यति कुरा गरिसकेपछि मैले हामीले झण्डै ४ वर्ष अगाडि थालेको नवनिर्माणबारे कुरा सुनाए । वास्तवमा त्यतिबेला हामी राजनीतिक रूपमा शून्य प्रायः भइसकेका थियौं । नेता बन्ने होडमा नलाग्नेहरू त्यति सक्रिय हुने कुरा पनि भएन । विदेश विभाग त झन् अस्तव्यस्त नै थियो । लामो समयदेखि साथीहरूसँग फोनमा पनि कुरा हुन पाएको थिएन । एक दिन एक जना साथीले होइन, हामी त हाइ हेल्लो पनि भएन यो तालले त हाम्रो सम्पर्क पनि नहुने भयो । केही गर्नुपर्‍यो भनेपछि मैले बेलायतमा ११ वर्ष अगाडि सक्रिय रहेको १०० जना र अहिले पनि ८ जनाले सञ्चालन गरिरहेको एउटा वित्तीय टीमबारे जानकारी दिए । लौ त्यसो भए केही गर्नुपर्छ भन्ने भयो । १ महिनाभित्र २२ देशका १०२ जना साथीहरूसँग जनही १/१ लाख जम्मा गरेर आधिकारिक रूपमा २०७७ वैशाख १ गतेदेखि एउटा कम्पनी सञ्चालनमा ल्याएका थियौं । कोरोना र अन्य जटिलताका कारण हामीले सोचे जस्तो काम हुन नसके पनि नगरकोटमुनि काभ्रेमा करीब १२ रोपनी जमिन कम्पनीको नाममा लिएका छौं । कम्पनीको निर्माण गर्ने क्रममा एक जना साथीलाई पहिला कम्पनीको अध्यक्ष बनाउने प्रस्ताव भए पनि पछि थिंक ट्यांकको नेतृत्व गरिदिनुपर्‍यो भनियो । यो कस्तो खालको टीम हो भनेर उहाँले प्रश्न गर्दा मैले खासै सोचविचार नगरी माओवादी आलुमोनाइ जस्तो मानौं न भन्न पुगेछु । यो शब्द सुनेपछि ओहो यो त गजबको कुरा आयो मनपर्‍यो भन्ने भयो । त्यसपछि मैले धेरै जनासँग यो शब्दबारे सुनाएको छु ।

अहिले मैले माथि उल्लेख गरेको साथीको पनि ठ्याक्कै यही प्रस्ताव रहेछ – पूर्व माओवादी साथीहरूको एउटा सञ्जाल निर्माण गर्ने ।   

विप्लवहरू पनि पार्टी एकता गर्नेसम्म तयार भए जस्तो छ तर उनीहरूको स्पिरिट चाहिँ कायम राखे हुने थियो । सम्पर्क गरेर भन्नुपर्‍यो भन्ने सुझाव दिएका थिए अर्का साथीले । मैले पनि उनीहरूले शुरू गरेको सामूहिक उत्पादनको अभियानलाई व्यापक बनाउन सके हुने थियो भने । सरकार चलाउने पार्टी भइसकेपछि सबै सरल र सहज हुँदैन । राष्ट्रिय/अन्तर्राष्ट्रिय आरोह–अवरोहसँग धेरै कुराहरू मिलाउनुपर्ने हुन्छ । भनेका सबै कामहरू पूरा गर्न नसकिने सीमाहरू पनि हुन्छन् तर जसरी माओवादी पार्टी टुटफुट भए पनि यसको अस्तित्वलाई केही हदसम्म बचाउने काम भने विप्लव नेतृत्वले गरेको थियो । समस्या त् त्यहाँ पनि थियो तर आम रूपमा बाउन्न सालताकाको माओवादीको निरन्तरता उनीहरूले दिन खोजेका थिए । अब सबै सरकारी पार्टी भएपछि त्यो आशाको त्यान्द्रो पनि छिनिने वा अन्य कोही निस्किने भएकाले पार्टीले नै सुझबुझका साथ यस्तो प्रयास गर्नुपर्छ भन्ने साथीको सोच रहेछ । यसमा पनि मैले अलि अगाडिदेखि उठाउँदै आएको एउटा प्रसंग जोडेर कुरा अगाडि बढाएँ । गणतन्त्र पूर्व यो भूमिका एक हदसम्म नागरिक समाजले निर्वाह गरेको थियो तर अहिले ती अगुवाहरूले पनि राजनीतिक सामिप्यताको आधारमा मात्र विषय उठान गरेको देखिन्छ । वैकल्पिक शक्तिको निर्माणमा लागेकाहरू पनि एकपछि अर्को धरासायी हुँदै गए । गणतन्त्र आएपछि प्रभावकारी ढंगले खबरदारी गर्नेहरू पनि बालेन र हर्कको उदयपछि एकाएक असारे भेलमा माछा मार्न लागे जसरी प्रत्यक्ष राजनीतिमा आएका छन् । 

अर्को चुनावमा बहुमतको सरकार बनाउने सपनामा फेरि एक पटक जनताले साथ दिन पनि सक्छन् तर समस्या समाधान त्यति सजिलो हुने छैन भन्ने एउटा उदारहण महानगरपालिकाले सडकमा राखेका गमलाहरू हराउन सक्ने आकलन नै पर्याप्त होला । त्यसपछि अन्य पार्टीहरूको अस्तिव पूरा नामेट हुने पनि होइन । त्यसैले प्रत्येक पार्टीभित्र कुनै पनि पदमा नजाने, आत्मनिर्भर, स्वभिमानिहरूको एउटा कार्यदल हुनु आवश्यक छ । नाम मात्रको अनुशासन समितिलाई सक्रिय अनुगमन समितिमा परिणत गर्नुपर्छ । गलत काम गर्नेहरूलाई ठाउँको ठाउँमा समात्न सकिने सञ्जालको निर्माण गर्नुपर्छ । त्यसो भए मात्र केही समयमा सबै पार्टीहरू सच्चिएर प्रभावकारी ढंगले देश निर्माण हुनसक्ने छ । देश निर्माण गर्ने ठेकेदारहरू नेता वा पार्टी मात्र होइन, प्रत्येक नागरिकको दायित्व हुनेछ । यही जिम्मेदारी पूरा गर्न जनयुद्ध शुरू गरेताकाको जागरुकता, इमान्दारिता र सक्रियता आवश्यकता पर्ने भएकाले पार्टीभित्र त्यही खालको एउटा निकाय हुनुपर्छ भन्ने आशय रहेछ, साथीले विप्लवलाई दिनु भनेको सुझावको मूल चुरो ।  

पार्टी बलियो भएर देश बनेको हेर्न चाहने तर आफूलाई केही नचाहिने । हामी जस्तोले केही लेख्यो वा बोल्यो भने कसैले चित्त दुखाउन परेन । नेता र वरिपरि बस्नेहरूलाई बिहानदेखि बेलुकीसम्मको आफ्नो दिनचर्या आँखा चिम्लेर २ मिनेट सुत्नु अगाडि सम्झिँदा मस्त निन्द्रा लागोस् । राति आफू सुतेको पलङले खिसी नगरोस् । बिहान उठेर समय हेर्ने घडी, बाहिर जाँदा बोक्ने ब्यागको ब्राण्डले नजिस्क्याओस् । भित्र पस्दा आलिसान घरको सिंगमर्मर वा फर्निचरले झन् आलस्य नबनाओस् । बाँकी सब ठीक हुन्छ, देश बनाउन नसके कमसेकम बिगार नगरिदिए पुग्छ । 

(लामो समयदेखि बेलायतमा बसोबास गर्ने लेखक माओवादी पार्टीका पूर्व केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x