
नेकपा एमालेका महासिचव शंकर पोखरेलले विमानस्थलबाट भन्सार पास भएर आएको करिब सय किलो सुन बरामद प्रकरणमा सरकारलाई पाँच प्रश्न गरेका छन् । शनिवार सामाजिक सञ्जालमार्फत् उनले सत्तामा भएकाहरूसँग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिएको भन्दै प्रश्न गरेका हुन् ।
उनले सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरूबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा भइरहेको आरोप लगाएका छन् । कुनै एउटा राम्रो काम गरेका आधारमा सत्ता पक्षधरहरूले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो ? भन्दै उनले प्रश्न गरेका छन् ।
'बाहिर सुन समातिएका आधारमा एअरपोर्टको सुरक्षा प्रणाली र भन्सार प्रशासनले उन्मुक्ति पाउँछ र ? अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्वमाथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र ?' उनले प्रश्न गरेका छन् ।