
बीपी कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको शालिक अनावरण गरिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बीपी कोइरालाको पूर्ण कदको शालिक अनावरण गरेका हुन् ।
इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा शालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।